नवलपुरका सापकोटाले नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दिने

NAWALPUR TIMES

नवलपुरका सापकोटाले नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दिने
267705869 4456888467770568 5992183306750789635 n

नवलपुर । नेपाल जेसीजको वर्ष २०२२ को अध्यक्ष पदमा नवलपुरका गोकुल सापकोटाले उम्मेदवारी दिने भएका छन ।

‘राइज फर हुमन डेभलपमेन्ट एण्ड ग्लोवल लिडरसीप’ थिमका साथ अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका सापकोटाले सन् २००७ मा गैँडाकोट जेसीजको संस्थापक सदस्यसन् २०१८ मा गैँडाकोट जेसीजको अध्यक्ष, सन् २०१९ मा राष्ट्रिय उपाध्यक्ष, सन् २०२० मा राष्ट्रिय कार्यकारीणी उपाध्यक्षको जिम्मेवारी कुशलापूर्वक निभाइसकेका छन् भने उनी नेपाल जेसीजको वर्ष २०२१ राष्ट्रिय कानुनी सल्लाहाकार हुन ।

नेपाली युवामा अन्तराष्ट्रिय तहमा नेतृत्व गर्नसक्ने क्षमता विकास गराउनुपर्ने बताएका सापकोटाले आफू अध्यक्षमा निर्वाचित हुनासाथ यसैलाई मूल उद्देश्य बनाएर काम गर्ने सापकोटा बताउछन ।

सकारात्मक चेत र सोच भएका युवाले मात्रै परिवार, समाज र देशको मुहार परिवर्तन गर्न सक्ने भन्दै आफूले नेतृत्व गर्ने अवसर पाए देशभरका १६१ जेसीज शाखा मार्फत युवाहरुलाई आवश्यकता अनुसारको तालिम दिने सापकोटा बताउछन । जेसीज मार्फत प्रशिक्षित युवाहरुलाई जेसिज र राज्यको सहकार्यमा समाज रुपान्तरणमा अगाडी बढाउने तर्फ आफुले काम गर्ने सापकोटाले बताए ।

जेसीजमा १४ वर्षको अनुभव संगालेका सापकोटाले आफ्नो अनुभवलाई प्रयोग गरि नेपाल जेसिजलाई नयाँ उचाई प्रदान गर्ने गरि आफुले काम गर्ने बताउदै आफु राष्ट्रिय अध्यक्षमा निर्वाचित हुने कुरामा सापकोटा ढुक्क देखिन्छन ।

नेपाल जेसीजको ४८औँ राष्ट्रिय महाधिवेशन पुस १ देखि ४ गतेसम्म पोखरामा हुँदैछ । जसले वर्ष २०२२ का लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology