नवलपुरका विभिन्न ६ स्थानमा प्रहरीको यात्रु सहायता कक्ष

NAWALPUR TIMES

नवलपुरका विभिन्न ६ स्थानमा प्रहरीको यात्रु सहायता कक्ष
387525175 679314820585642 9001597867808310814 n

कावासोती । चाडपर्वको समयमा यात्रुलाई हुने समस्या कम गर्न जिल्ला प्रहरी कार्यालय नवलपुरले सदरमुकाम जिल्लाको विभिन्न ६ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ।

जिल्लाभित्र चल्ने सवारीसाधन र बाहिरबाट भित्रिने सवारीसाधनमा यात्रुलाई पर्ने समस्या समाधानका लागि कक्षको स्थापना गरिएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार भारत सँग जोडिएको सिमा नाका त्रिवेणी सहित गैडाकोट नगरपालिकाकोमा रहेको नारायणी नदि पुल, देवचुली नगरपालिकाको दलदले चोक, कवासोतीको फलफुलचोक, कावासोती नगरपालिकाकै डण्डा बजार  र विनयी त्रिवेणीको ज्यामिरेमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

नजिकिदै गरेका चार्डपर्वहरुलाई मध्यनजर राख्दै यस जिल्ला अन्तर्गत पर्ने पूर्व पश्चिम राजमार्गमा सवारी आवत जावत गर्ने क्रममा हुन सक्ने घटना तथा दुर्घटना तथा अन्य अपराधिक घटनाहरुको रोकथाम तथा यात्रुहरुका विविध गुनासाहरुलाई छिटो छरितो समाधान गर्ने उद्देश्यले यात्रु सहायता कक्षको स्थापना गरिएको पौडेलले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology