नवलपुरका विभिन्न स्थानमा प्रहरीको ‘यात्रु सहायता कक्ष’ र सवारी चालक विश्राम कक्ष

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज १७ गते १९:३०
नवलपुरका विभिन्न स्थानमा प्रहरीको ‘यात्रु सहायता कक्ष’ र सवारी चालक विश्राम कक्ष
462095820 478187448541187 699314642457884667 n

कावासोती । चाडपर्वको समयमा यात्रुलाई हुने समस्या कम गर्न जिल्ला प्रहरी कार्यालय नवलपुरले जिल्लाको विभिन्न ४ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ। जिल्लाभित्र चल्ने सवारीसाधन र बाहिरबाट भित्रिने सवारीसाधनमा यात्रुलाई पर्ने समस्या समाधानका लागि कक्षको स्थापना गरिएको हो।

आज कावासोतीमा स्थापना गरिएको यात्रु सहायता कक्षको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले उद्घाटन गरे । यात्रु सहायता कक्षको स्थापना गर्दै ढकालले यात्रु सहायता कक्ष देखाउनका लागि मात्रभन्दा पनि कार्यान्यवनमा लैजानेमा बताए । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी बेदबहादुर पौडेलका अनुसार कावासोतीको फलफुल चोक, गैँडाकोटको पुल चोक, देवचुलीको दलदले चोक र विनयी त्रिवेणीको यात्रु सहायता कक्ष र कावासोतीको फलफुल चोकमा सवारी चालक बिश्राम कक्ष सन्चालनमा ल्याईएको हो ।


नजिकिदै गरेका चार्डपर्वहरुलाई मध्यनजर राख्दै यस जिल्ला अन्तर्गत पर्ने पूर्व पश्चिम राज मार्गमा सवारी आवत जावत गर्ने क्रममा हुन सक्ने घटना तथा दुर्घटना तथा अन्य अपराधिक घटनाहरुको रोकथाम तथा यात्रुहरुका विविध गुनासाहरुलाई छिटो छरितो समाधान गर्ने उद्देश्यले यात्रु सहायता कक्षको स्थापना गरिएको डिएसपी पौडेलले बताए । त्यसैगरी आजदेखि नै नवलपुरमा सवारी चाकलहरुको लागु पदार्थ सेवन (लापसे) पनि चेकजाँच शुरु गरिएको छ ।आज विहान नमुनाको रुपमा एक जना बस चालकको लापसे (लागु औषध सेवन) चेक गरिएको थियो ।

 

प्रकाशित : २०८१ असोज १७ गते १९:३०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI