नवलपुरका दुई घटनामा दुई जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ ३० गते १९:०३
नवलपुरका दुई घटनामा दुई जनाको मृत्यु
1460101049death body2020 08 13 07 14 00

नवलपुर । नवलपुरका छुट्टाछुट्टै दुई ठाउँमा भएका घटनामा २ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार हुप्सेकोटमा करेन्ट लागेर स्थानीय कोषबहादुर मल्लको सोमबार मृत्यु भएको हो । खेतमा पानी लगाउन जादाँ ६६ वर्षीय मल्लको मृत्यु भएको हो ।कुलो सफा गर्न जाँदा खेतको डिलमा रहेको बिजुलिको पोलमा छोईदा उनको मृत्यु भएको हो । बिजुलिको पोलमा विद्युत सप्लाई हुनु विद्युत  कार्यालय कावासोतिको चरम लापरबाही भएको भन्दै स्थानियले विद्युत कार्यालयका कर्मचारी घटना स्थल नपुग्दा सम्म पोस्टमाटमका लागि लासलाई उठाउन दिएका थिएनन । विद्युत कार्यालयका कर्मचारी संगको सहमती पश्चात शवलाई जिल्ला अस्पताल पुर्याईएको थियो ।

त्यसैगरी कावासोती वडा नम्बर १७ मा ट्र्याक्टरले च्यापिएर एक मजदुरको मृत्यु भएको छ । बारीमा मकैको ढोड लोड गरेर ट्र्याक्टर चलाउन लाग्दा सोमबार दिउँसो ट्र्याक्टरको ढालाले च्यापिएर गोछडा गाउँका खुसीराम थनेतको मृत्यु भएको प्रहरीले जानकारी दियो ।

प्रकाशित : २०७९ जेठ ३० गते १९:०३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI