नवलपुरका एम्बुलेन्स चालकलाई अभिमुखीकरण तालिम

NAWALPUR TIMES

नवलपुरका एम्बुलेन्स चालकलाई अभिमुखीकरण तालिम
received 990655785147727

नारायण प्रभु
चैत-२३ कावासोती                                                           
नवलपुर जिल्लाका एम्बुलेन्स चालकहरुलाइ कृटिकल ट्रामा केयर सम्बन्धि एकदिने अभिमुखीकरण तालिम प्रदान गरिएको छ।संयुक्त एम्बुलेन्स चालक संघ नवलपुरको आयोजना, नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतीको व्यवस्थापन र मनकामना अस्पताल भरतपुरको प्राबिधिक सहयोगमा तालिम प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाका सभापति बेदप्रसाद न्यौपानेले एम्बुलेन्स चालकहरु चालक मात्रै होइनन प्राथमिक स्वास्थ्यकर्मी पनि हुन त्यसैले यो तालिमले चालकहरूलाई अझ बढी दक्ष बनाउन सहयोग मिल्ने बताउनुभयो।अस्पतालका संचालक एवं मेट्रोन कविता खतिवडाले सम्भवत: एम्बुलेन्स चालकहरुलाई ट्रामा सम्बन्धि यो नै पहिलो तालिम भएकाले यस तालिमले बिरामीलाई प्राथमिक उपचारमा छिटो र सजिलो सेवा प्रवाह हुने बिश्वास व्यक्त गर्नुभयो।अस्पतालका डाइरेक्टर एवं हाडजोर्नी विशेषज्ञ डा. शंकर ढकालले अस्पताल व्यापारमुखी भन्दा पनि सेवामुखी हुनुपर्नेमा जोड दिनुभयो।मनकामना अस्पतालले सुबिधा सहित घरायसी वातावरणमा सेवा दिदै आइरहेको स्मरण गराउदै चालकहरूलाई प्रशिक्षण दिनुभएको थियो । तालिममा जिल्लाका ३० जना एम्बुलेन्स चालकहरुको उपस्थिति रहेको थियो भने संयुक्त एम्बुलेन्स चालक संघ नवलपुरका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology