नवदुर्गा आधारभुत विद्यालयको ३२औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न

NAWALPUR TIMES

नवदुर्गा आधारभुत विद्यालयको ३२औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न
received 817185435522083

राजेश सुनाम/कावासोती
कावासोती-२ भाटटोला बेलचोकमा रहेको श्री नवदुर्गा आधारभुत विद्यालयको ३२ औं वार्षिकोत्सब तथा तथा अभिभावक दिवस समारोह  सोमबार  सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरबहादुर थापाको अध्यक्षता एवं गण्डकी प्रदेश सभा सदस्य रोशन ब.गाहाको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा बिधालयका २० जना गरिब तथा जेहेन्दार विद्यार्थी छात्र छात्राहरुलाई प्रमुख अतिथि र अक्षयकोष दाताहरुको हातबाट रु १०००/- का दरले नगद पुरस्कर वितरण गरिएको थियोे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष तथा समाजसेवी विष्णुप्रसाद भुसाल, पुर्व अध्यक्षहरु थान प्र.तिवारी,राजेश सुनाम,पुर्व प्र.अ.कृष्ण सिग्देल,महिला वडा सदस्य भुमा सिन्जाली मगर नवदुर्गा सा.ब.उ.समुहका उपाध्यक्ष मधु कुमार थापा,समाजसेवी तथा महिला नेतृ देबि न्यौपाने,टंक प्रसाद काफ्ले,यम प्रसाद भुसाल,मुक्ति प्रसाद पौडेल, चन्द्रदत्त भुसाल, यम प्रसाद तिवारी, बाबुराम ढकाल,प्रेमबहादुर बसेल,टीकाराम अर्याल,राम प्रसाद अर्याल लगायत सयोगी चन्दादाता,अभिभावक, शिक्षाप्रेमि,विद्यार्थी,शिक्षक साथै स्थानीय अभिभावकहरुको उपस्थिति रहेकोे कार्यक्रममा कोभिड-१९ लाई मध्यनजर गर्दै कार्यक्रमलाई छोटो पारीएको कार्यक्रममा सहभागीहरुले अनिवार्य माक्स र सामाजिक दुरि साथै सेनिटाइजर प्रयोग गरेका थिए भने कार्यक्रमको सन्चालन विद्यालयका प्र.अ टिकाराम डुम्रेले गर्नु भएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology