नरभक्षी बाघ नियन्त्रणमा लिन स्थानीयको माग

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष २६ गते २०:५५
नरभक्षी बाघ नियन्त्रणमा लिन स्थानीयको माग
tiger2019 05 29

कावासोती । गत मंसिर १२ गते यता नवलपुरको मध्यविन्दु नगरपालीका र विनयी त्रिवेणी गाउँपालिका आसपास बाघको आक्रमणमा परेर २ जनाको मृत्यु भएको छ भने १ जना गम्भिर घाईते भएका छन ।

सामुदायीक वनका हेरालु, सालको पात टिप्न जाने महिला, गाईवस्तु चराउन गएका वृद्घ बाघको आक्रमणमा परेका समाचारह आईरहदा स्थानीय प्रसासनले चासो दिएको भने खासै देखिएको छैन भने नरभक्षि बाघ नियन्त्रण गर्न जनप्रतिनिधीहरु प्रसासनको मुख ताकेर बसेको अवस्थामा पुर्व पश्चिम राजमार्ग भएर दुई पांग्रे साधनमा यात्रा गर्ने यात्रु, सामुदायीक वनका वन हेरालु, सालको पात टिपेर गुजारा गर्ने तथा नजिकैको वनमा गाईबस्तु चराउन जाने आम सर्वसाधरणमा भने त्रासको अवस्था सृजना भएको भन्दै तत्काल बाघ नियन्त्रणका लागि आवश्यक कदम चाल्न्द माग गर्दै स्थानीयहरुले डिभिजन वन कार्यालय अरुणखोलामा ज्ञापन पत्र बुझाएका छ्न ।

मध्यविन्दु वडा नं १० र १२ स्थानीयहरुले नरभक्षी बाघ तत्काल नियन्त्रण लिने काम नगरेर स्थानीय निकाय र वन कार्यालय बाघ नियन्त्रणमा लिने प्रक्रियामा रहेको र सावधानी अपनाउन भन्दै विज्ञप्ति निकालेर उम्किन खोजेको भन्दै स्थानीयहरुले आक्रोश व्यक्त गरेका छ्न ।

बाघले लगातार मान्छेलाई आक्रमण गर्दा पुर्व पश्चिम बाटो भएर हिडने आम सर्वसाधारणमा त्रासको अवस्था सृजना भएका भन्दै तत्काल बाघलाई नियन्त्रणमा लिएर सुरक्षीत स्थानमा पठाउन माग सहित स्थानीयले डिभिजन वन कार्यालय अरुणखोलाको ध्यानाकर्षण गराएको सुवास खरेलले बताए ।

बाघले निकुञ्जभन्दा बाहिरको मध्यवर्ती क्षेत्रको जंगलमा आक्रमण गरेको हो । बाघको आक्रमणबाट दुई जनाको ज्यान गइसकेको र अर्का एक जना गम्भीर घाइते भएपछि स्थानीय बासिन्दा जंगल जान छोडेका छन् ।

चौपाया चराउन जंगल जानेहरूले ठाउँ ठाउँमा बाघ देखेको खबर गरेपछि स्थानीय त्रसित छन् । विनयी त्रिवेणी गाउँपालिकाले पनि चितवन राष्ट्रिय निकुञ्ज र जिल्ला वन कार्यालयलाई पत्र पठाएर बाघ नियन्त्रणमा लिन आग्रह गरेको तीन साता बितिसक्दा पनि निकुञ्जले बाघ नियन्त्रणमा लिने प्राविधिक टोली पठाउन सकेको छैन ।

 

प्रकाशित : २०७८ पुष २६ गते २०:५५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI