काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अर्को पार्टी दर्ता गरेर जानुपर्ने बाध्यता आउन सक्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आफूपक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठकमा उनले नयाँ पार्टी दर्ता गरिए पनि एकताको ढोका सधैँ खुला रहने बताए ।
“केपी विसर्जनवादी बाटोमा गए पनि त्यो आन्दोलनको रक्षा गर्ने जिम्मा हाम्रो हो,” उनले भने ।
आउँदा चुनावहरूमा वाम गठबन्धन हुने पनि उनले बताए ।
											
											प्रकाशित :  २०७८ भदौ  १ गते १८:१४
										
										
										
	
										
										  
							 
						
Facebook Comment