नदीमा डुबेर कैलालीका दुई बालकको मृत्यु

NAWALPUR TIMES

नदीमा डुबेर कैलालीका दुई बालकको मृत्यु
duber mirtu death

कावासोती । नदीमा डुबेर कैलालीका दुई बालकको मृत्यु भएको छ

जिल्लाको बर्दगोरिया गाउँपालिका- ६ का ६ वर्षीय दिपसन मल्ल र ७ वर्षीय आयुष मल्लको नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले बताएको छ ।

बर्दगोरिया गाउँपालिका- ६ स्थित काँडा नदीमा नुहाउन गएका बेला उनीहरु डुबेका थिए । नदीमा डुबेको अवस्थामा फेला परेका उनीहरूलाई बर्दगोरिया अस्पताल पुर्‍याइएको थियो ।

अस्पताल पुर्‍याउनुअघि नै उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक वीरबहादुर विकले जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology