नगरस्तरीय लाखे नाच प्रतियोगितामा श्री गणेश भिमसेन नेवाः गुठी गोछडा प्रथम

NAWALPUR TIMES

नगरस्तरीय लाखे नाच प्रतियोगितामा श्री गणेश भिमसेन नेवाः गुठी गोछडा प्रथम
received 339260761778687

यामु कुमाल, नवलपुर । नवलपुरमा लाखे नाच प्रतियोगिता भएको छ । लाखे नाच नेवारी समुदायको परम्परागत नाच हो । जसले नेवारी समुदायको पहिचान र संस्कार, संस्कृति झल्काउने कार्य गर्दछ । नेवारी समुदायभित्र लोप हुँदै गएको मौलिक संस्कृति र परम्परागत रुपमा मनाइने लाखे नाच पर्व जोगाउन पछिल्लो समय नवलपुर जिल्लाका नेवार समुदायले पनि लाखे नाचको प्रतियोगिता नै गरेर संरक्षणमा जुटिरहेका छन् ।

शनिबार कावासोती नगरस्तरीय खुलला लाखे नाचको आयोजना नै गरेर कावासोती नगरपालिका भित्र रहेका गुठीहरुले लाखे नाच प्रर्दशन गरेका थिए । एक औपचारीक कार्यक्रमका विच सुरु भएको प्रतियोगितामा भिमसेन कालिका नेवाः गुठीको आयोजना तथा सनराइज युवा समन्वय समितिको सहआयोजनामा भएको कार्यक्रम भिमसेन कालिका नेवाः गुठीका अध्यक्ष मोहन कुमार श्रेष्ठको सभाध्यक्ष्ता एवम् संविधान सभा सदस्य जिवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय आदिवासी जनाजाति भित्र रहेका नेवारी समुदायको विभिन्न किसिमका परम्परागत संस्कार र संस्कृति लोप हुँदै गइरहेको बताएका छन् । यसरी परमपरागत रुपमा रहेका मौली लाखे नाच जस्ता संस्कार संस्कृति लोप हुँदै जानु भनेको नेवार समुदायको अस्तित्व खस्कदै गएको भन्दै चिन्ता व्यक्त समेत गरेका छन् । लोप हुने अवस्था रहेको संस्कार संस्कृतिको जर्गेना गर्नेगरी जिल्लामा नै पहिलो पटक लाखे नाच प्रतियोगिता गर्नु सह्रायिन कार्य भएको बताइएको छ ।

प्रतियोगितामा कावासोती नगरपालिका भित्रका पाँच वटा गुठीका प्रतियोगीहरुको सहभागी रहेका थिए । श्री गणेश भिमसेन नेवाः गुठी कावासोती १७ गोछडा प्रथम हुन सफल भएका छन् । यस्तै दोश्रो भिमसेन कालिका नेवाः गुठी कावासोती १४ त्रिभुवनटार र शिखा नेवा गुठी कावासोती ३ तेश्रो हुन सफल भएका छन् । प्रथम हुनेले नगद रु। १० हजार , दोश्रोले पाँच हजार र तेश्रो हुनेले तिन हजार प्राप्त गरेका छन् । प्रतियोगिता कावासोती नगरपालिका १४ त्रिभुवनटारमा सञ्चालन भएको थियो । कार्यक्रममा विभिन्न नेवारी संघसंगठनमा रहेका पदाधिकारी तथा सरकारी निकायहरुको विशेष उपस्थित रहेको थियो ।

नेवारी समुदायले आफ्नो धार्मिक, सांस्कृतिक कार्यक्रमका रुपमा प्रस्तुत गर्ने लाखे नाच देशका विभिन्न भुभागमा लोकप्रिय छ । नागपञ्चमीको दिनदेखि कृष्णाष्टमीको भोलीपल्टसम्म लाखे नाच दिनहूँ देखाइन्छ । सामाजिक परम्परासंग जोडिएको लाखे नाच कंशको प्रतिकका रुपमा डरलाग्दो राक्षसी रुप लाखे र अन्य मुकुण्डोधारी उसका सहयोगी सामूहिकरुपमा नेवारी बाजाका तालमा नाच्ने गर्दछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology