नक्कली डिएसपी बनेर सुनका गरगहना लुटपाट गर्ने पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २३ गते ९:३४
नक्कली डिएसपी बनेर सुनका गरगहना लुटपाट गर्ने पक्राउ
Untitled 11628305814

नक्कली डिएसपी बनेर सुनका गरगहना लुटपाट गर्ने एक जना पक्राउ परेका छन्।

वैदेशिक रोजगारीका क्रममा विदेश गएका कामदार प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली ल्याएका गहना लुटपाट गरेको आरोपमा प्रहरीले भक्तपुर चागुँनारायण-४ बस्ने ३५ वर्षिय सिताराम गुरूङ पक्राउ गरेको हो।

विदेशबाट नेपाल फर्किएका मानिस प्रयोग गरि तस्करी गरि ल्याएका सुनका गहना विमानस्थल गेट बाहिर सडक बाटोमा निगरानि गरी पिछा गर्दै एकान्त पारी रोकेर नेपाल प्रहरीको डिसपी हुँ भनि चेकजाँच गर्ने बहानामा लुटपाट गरेको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी अशोक सिंहले जानकारी दिए।

नक्कली प्रहरी बनेर लुटपाट गरेको सूचना पाएपछि विशेष टोली परिचालन गरी खोजतलास गर्दा गुरूङलाई प्रहरीले चावहिलबाट नियन्त्रणमा लिएको सिंहले जानकारी दिए।

थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई महाराजगञ्ज वृत्तमा राखिएको छ।

प्रकाशित : २०७८ साउन २३ गते ९:३४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI