धोनी द्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

NAWALPUR TIMES

धोनी द्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
FB IMG 15975027259634599

भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यास घोषणा गरेका छन्।

२०१९ एकदिवसीय विश्वकपमा न्युजिल्यान्ड बिरुद्ध सेमीफाइनल खेलमा अन्तिम पटक भारतको जर्सीमा देखिएका धोनी अब भारतीय जर्सीमा नदेखिने भएका छन्।

भारतलाई सन् २००७ को टि-२० विश्वकप तथा २०११ मा एकदिवसीय विश्वकप जिताएका धोनी भारतको सबैभन्दा सफल कप्तान हुन्। उनले भारतलाई टेस्ट वरियतामा नम्बर १ स्थानमा तथा च्याम्पियन्स ट्रफीको समेत उपाधि दिलाएका थिए।

युएईमा सेप्टेम्बर १९ देखि आयोजना हुने आईपीएलमा चेन्नाईको लागि खेल्ने तयारी गरिरहेका धोनीले अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेका हुन्। यस अघि उनले टेस्ट क्रिकेटबाट पनि सन् २०१४ मा सन्यास घोषणा गरेका थिए।

३९ वर्ष ३९ दिन उमेरका धोनीले भारतको लागि ९० टेस्ट, ३५० एकदिवसीय र ९८ टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए। यस क्रममा उनले टेस्टमा ६ शतक र ३३ अर्धशतक मद्दतले ४,८७६ रन , एकदिवसीयमा १० शतक र ७३ अर्धशतक मद्दतले १०,७७३ रन तथा टि-२० मा २ अर्धशतक मद्दतले १६१७ रन बनाएका थिए।

आफ्नो करियरमा म्याच फिनिसरको रुपमा चर्चित धोनीले सन् २००४ मा बंगलादेश बिरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology