धुसेरी सामुदायिक वन अब मोबाईल एपमा

NAWALPUR TIMES

धुसेरी सामुदायिक वन अब मोबाईल एपमा
received 331493907994711

आदर्श सुशील/देवचुली
देवचुली नगरपालिकाको रजहरमा अवस्थित धुसेरी सामुदायिक वन उपभोक्ता समितीले आफ्नै मोबाइल एप्स सार्वजनिक गरेको छ।

एन्ड्रोइड मोबाईल प्रयोगकर्ताले गुगल प्लेस्टोरबाट Dhuseri Community Forest टाईप गरि एप्लिकेसन डाउनलोड गर्न सक्नेछन् भने IOS प्रयोगकर्ताहरुका लागि निकट भविष्यमा एप्लिकेसन सञ्चालन गरिने धुसेरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लोक बहादुर कार्कीले जानकारी दिनुभयो।

सो एप्लिकेसनमा सामुदायिक वनका गतिविधी,सूचना, समाचार, वृत्तचित्र, सम्पर्क आदि रहने अध्यक्ष कार्कीले बताउनुभयो। धुसेरी सामुदायिक वनको रजत जयन्तीमा एप्लिकेसन सार्वजनिक गर्ने योजना भए पनि कोरोना महामारीले सामुदायिक वनले रजत जयन्तीको कार्यक्रम गर्न सकेन ।

एप्लिकेसन सार्वजनिकका लागि एक कार्यक्रमको योजना बनिरहँदा नवलपुरमा निषेधाज्ञाको आदेश भएपछी फेसबुकमार्फत जानकारी गराई सार्वजनिक गरिएको हो।

सम्पूर्ण उपभोक्तालाई धुसेरी सामुदायिक वनको मोबाईल एप्लिकेसन डाउनलोड गर्न अध्यक्ष कार्कीले आग्रह गरेका छन् ।

धुसेरी सामुदायिक वन गणेशमान सिं सामुदायिक वन राष्ट्रिय पुरस्कार २०७५(तेस्रो) र २०७६(दोश्रो) द्वारा सम्मानित वन हो। तराई क्षेत्र कै पहिलो दर्ता भएको वनको रुपमा रहेको धुसेरी सामुदायिक वनले वैज्ञानिक वन ब्यवस्थापन, गरिबी निवारण,उपभोक्ताको जिबिकोपार्जन, समुदायमा आधारित बिकासका कार्यक्रम, विपन्न लक्षित कार्यक्रम, पर्यटन प्रवर्द्धन लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology