नारायण शर्मा, पूर्वी नवलपरासी । भारत स्थित बागेश्वर धामका आचार्य धीरेन्द्र कृष्ण शास्त्री केहिबेरमा शास्वतधाम आउदै छन । । भरतपुर बिमानस्थलवाट कडा सुरक्षा घेरा बिच प्रहरी स्कर्टींगमा उनि गाडिवाट धाम आउने ब्यबस्था मिलाइएको प्रहरीले जनायो । उनि आज साढे १२ बजे भरतपुर बिमानस्थल आउने प्रहरीले जानकारी दियो ।
शनिवार पहिलोदिन सांझ ४ बजेवाट ७ बजे सम्म शास्त्रीले कथावाचन गर्ने चौधरी ग्रुपले जनाएको छ । तन्त्रमन्त्रवाट भूत , पिचास उतार्ने दावी गरेका शास्त्रीका प्रबचन सुन्न भन्दै सर्वसाधारण बिहानैदेखि चर्का गर्मिमा लामबद्ध छन । शनिवार बिहान ११ बजेसम्म सयौंको संख्यामा सर्वसाधारण धाम परिसरमा लामबद्ध छन । यहाँ हिजोेदेखि नै सैयौ भारतियहरु समेत आइसकेका छन । भारतको गोरखपुर , लखनउ देखिका भक्तजनहरु शाश्वतधाम परिसरमा आइपुगेका छन । नेपालका बिभिन्न जिल्लावाट सर्वसाधारण ओइरिएका छन । मन्दिर अघिल्तीर त्रिपाल टांगेर सर्बसाधारणकालागि बस्ने ब्यबस्था मिलाइएको छ ।
पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको नेपालका चर्चित उद्योगपति बिनोद चौधरीको निजि मन्दिरमा हनुमान कथा प्रबचनकालागि नेपाल आएका हुन । शनिवार देखि सोमवार दिउसो ५ बजे सम्म उनले त्यहा हनुमान कथा प्रबचन गर्ने चौधरी ग्रुपले जनाएको छ ।
शास्वतधाममा शास्त्रीको कथा सुन्न भन्दै सर्वसाधारणलाई चौधरी ग्रुपले पास उपलब्ध गराएको छ । तिन दिन सम्म दैनिक करिब करिब १० हजारले उनको कथा सुन्ने ब्यबस्था मिलाइएको चौधरी ग्रुपको भनाई छ । शास्वतधाममा सबै तैयारी पुरा भएको छ । प्रबचनको सामाजिक संजालवाट समेत प्रत्यक्ष प्रशारण गर्ने तैयारी छ ।
दुम्कौली स्थित शास्वतधाम हिन्दु धर्मका सबै देवी देवताको एकै थलोमा पुजा गर्न सकिने मन्दिर भनेर चिनिन्छ । यहा संस्कृत गुरुकुल समेत संचालित छ ।
शास्वतधाम मन्दीरको प्रचारकालागि भन्दै चौधरी ग्रपले बिवादस्पद छविका शास्त्रीलाई आमन्त्रण गरेका हो । उनि मन्दिर परिसरमा रहेको चौधरीकै मिराया होटलमा बस्ने छन । आउदो सोमवार उनि चितवनको मेघौली स्थित होटल ताज शेराइमा रहने र भोलीपल्ट काठमाण्डौ हुदै राती दिल्ली जाने कार्यक्रम रहेको बताइएको छ । शास्त्रीसंग करिब २५ जनाको टोली छ । भारतमा बागेश्वारधाम बाबा भनेर चिनिने शास्त्रीले कथित तल्लो तहका अछुतहरुलाई धार्मिक आडम्बरका आडमा हेप्ने गरेको भन्दै कतिपयले आलोचना गर्दै आएका छन । सार्वजनिक कार्यक्रममा अछुत भनेर आफुलाई छुन नदिएको भिडियो सामाजिक संजालमा भाइरल छ ।
भारतिय पंडितहरु बागेश्वरधामको तस्वीर बेच्न र टिका लगाइदिएर पैसा असुल्न सकृय देखिएका छन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्यबिनोद चौधरीको निजि मन्दिरमा हुने धार्मिक सभामा उपस्थित हुन शास्त्री पहिलो पटक नेपाल आएका हुन ।
शास्वतधाममा हुने कथा प्रबचनको प्रत्यक्ष प्रशारणकालागि आधा दर्जन भारतिय टेलिभिजन च्यानलका प्रतिनिधि शुक्रवारनै नवलपरासी आइपुगेका छन । शास्वतधाम वास्तुशास्त्र अनुसार निर्माण गरिएको रमणिय र आर्कषक शैलीको हिन्दु मन्दिर हो । शास्त्रीले भारत र नेपाल हिन्दु धर्म अबलम्बन गर्नु पर्ने आबस्यकता रहेको भन्दै आएका छन ।
उनले भारतमा दिने प्रबचनमा भारतमा रहने हो भने सिता राम उच्चारण गरिहरन पर्ने भन्दै उर्दी जारी गर्दै आएका छन ।
२ सय सुरक्षाकर्मी परिचालन
शास्वतधामा हुने कथा वाचनमा सर्बसाधारणको भिड बढदै गएपछि ब्यबस्थापनकालागि २ सय सुरक्षाकर्मी परिचालन गरिएको पूर्वी नवलपरासीका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । चौधरी ग्रुपले आफनै निजि सुरक्षा गार्ड र स्वंसेवकहरु समेत परिचालन गरेको छ । शाश्वतधाम अघिल्तिर राजमार्गमा ४ सय भन्दा धेरै गाडि बिहानै देखि पार्किंगमा राखिएको छ ।
प्रकाशित : २०८० भदौ २ गते १२:२०
Facebook Comment