दोहोरो नागरिकता बनाउन खोज्ने गैँडाकोटका २८ वर्षीय युवक पक्राउ

NAWALPUR TIMES

दोहोरो नागरिकता बनाउन खोज्ने गैँडाकोटका २८ वर्षीय युवक पक्राउ
nagarikta 1012022094926

कावासोती । दोहोरो नागरिकता बनाउन खोज्ने एक जना युवकलाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । गैँडाकोट नगरपालिका वडा नं ५ बस्ने बलराम सापकोटाको छोरा २८ वर्षीय अर्जुन सापकोटालाई झुठो विवरण पेश गरेर दोहोरो नागरिकता बनाउन लागेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।

अर्जुन सापकोटाले पहिलो पटक जिल्ला प्रशासन कार्यालय बाग्लुङ बाट मिति २०७३ साउन गते ना.प्र.प.नं. ३६२०२६–२५८३ नं. को नेपाली नागरीकता लिएको र पुनः जिल्ला प्रशासन कार्यालयमा गत भदौ ११ गते जन्म मिति लगायतका झुठो विवरण पेश गरेर नागरिकता लिन खोजेको भन्दै उनी विरुद्ध जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पछि नवलपुर प्रहरीले अर्जुन सापकोटालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलका अनुसार पक्राउ परेका सापकोटालाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(६) बमोजिम दोहोरो नागरिकता सम्बन्धि कसुरमा जिल्ला अदालत नवलपुरबाट ५ दिन म्याद थप गरि अनुसन्धान अगाडी बढाईएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology