देशभर मौसम बदली हुने, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

NAWALPUR TIMES

देशभर मौसम बदली हुने, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
mausam 1c3a5

नवलपुर । देशका विभिन्न स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको छ । आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले वर्षा हुने पहाडी भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने विभागले जनाएको छ ।

यसैबीच, गएराति गोरखाको गोरखा बजारलगायत गोरखा र लमजुङका धेरै स्थानमा भारी वर्षा भएको छ । चेपे नदी,  दरौदी नदीका स–साना सहायक नदीमा आकस्मिक बाढी आएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology