काठमाडौं, २६ कात्तिक । देशभर चिसो बढ्ने क्रम सुरु भएको छ। यससँगै काठमाडौंमा पनि तापक्रम घटेको छ । मौमसविद्का अनुसार जुम्लामा तापक्रम माइनसमा झरेको केही दिन भइसकेको छ ।
बुधबार बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ८ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौंको दिउँसोको तापक्रम २४ देखि २६ डिग्रीसम्म पुग्ने महाशाखाले पूर्वानुमान गरेको छ।
मंगलबार काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ८ डिग्री सेल्सियसमा झरेको थियो भने जुम्लामा माइनस शून्य दशमलव १ मा झरेको थियो।
सामान्यतया राति आकाश खुला हुँदा बिहान तापक्रम घट्ने गर्छ। अहिले पानी पार्ने प्रणाली सक्रिय नहुँदा देशभरको मौसम सामान्यतया सफा हुँदा विस्तारै चिसो बढ्दै गएको महाशाखाले जनाएको छ। बिहान ९ बजेसम्म तापक्रम घट्नेक्रममै रहने छ।-File Photo
प्रकाशित : २०७७ कार्तिक २६ गते ८:४१
Facebook Comment