देशभर आंशिक बदली रही केही उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकाे सम्भावना

NAWALPUR TIMES

देशभर आंशिक बदली रही केही उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकाे सम्भावना
mausam 1c3a5

काठमाडाैं : हाल देशमा कुनै वायुको प्रभाव नरहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार साेमवार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातकाे सम्भावना रहेको छ।

राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology