देशका केही भागमा भारी वर्षाको सम्भावना

NAWALPUR TIMES

देशका केही भागमा भारी वर्षाको सम्भावना
inbound4967612744428898617

मनसुनी न्युन चापिय रेखा नेपालको दक्षिणतर्फ रहनुका साथै भारतको मध्यप्रदेशमा बनेको न्युन चापिय क्षेत्रको सामान्य प्रभाव रहेकाले देशभर मनसुन सक्रिय बनेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश ५ का अधिकांश स्थानमा बदली हुने सम्भावना छ। यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश तथा आसपासका भूभागमा पनि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।

आज दिउँसो देशभरिकै मौसम सामान्यतया बदली भई देशका केही भागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने महाशाखाको पूर्वानुमान छ।

आज राति देशभरिकै मौसम सामान्य बदली भई वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी परे पनि अरु प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम बर्षा हुने महाशाखाले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology