देवचुली-९ मा बहुसाँस्कृतिक भवनको शिलान्यास

NAWALPUR TIMES

देवचुली-९ मा बहुसाँस्कृतिक भवनको शिलान्यास
received 253889986257145 scaled

होमनाथ पौडेल/देवचुली
देवचुली नगरपालिका वडा नं ९ मा बहुसाँस्कृतिक सामुदायिक भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।

बुधबार वडा नं ९ का वडाध्यक्ष मेख बहादुर थापा सारु मगरले उक्त भवनको शिलान्यास गर्नुभएको हो । उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालय गण्डकी प्रदेश पोखराको आर्थिक वर्ष २०७७/७८ को योजना अन्तर्गत विनियोजित १० लाख बजेटले देवचुली वडा नं ९ घुमाउरी पिकनिक स्पोट नजिकै बहुसांस्कृतिक सामुदायिक भवन निर्माण गर्न लागिएको हो ।

स्थानीय ओमराज अधिकारीले १५ धुर, ईन्द्रकला पाण्डेले २ धुर र सोमनसिं ठाडाले ३ धुर गरेर जम्मा १ कठ्ठा जग्गा बहुसांस्कृतिक सामुदायिक भवनलाई दान गरेका थिए। हरेक जातजातीका संस्कृतिलाई संरक्षण गर्ने उद्धेश्यले भवन निर्माण गर्न लागिएको वडाध्यक्ष सारुले जानकारी दिनुभयो।

तत्कालीन नेकपा एमालेको चुनावी घोषणा पत्रमा समेत बहुसाँस्कृतिक भवन बनाउने उल्लेख गरिएको र वडाको मात्र नभई देवचुली नगरपालिकाकै गौरवका रुपमा बहुसांस्कृतिक भवनको स्थापना गर्न लागिएको बताउँदै सारुले भवन निर्माण पश्चात नगरपालिका भित्र उत्पादन भएका हस्तकलाका सामाग्रीलाई विक्री वितरण गरि आयआर्जनमा समेत टेवा पुर्याउने योजना रहेको बताउनुभयो ।

शिलान्यास कार्यक्रममा देवचुली ९ का सबै जनप्रतिनिधि, वडा सचिव, घुमाउरी सामुदायिक वनका पदाधिकारीहरु, स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, वडावासी लगाएतको उपस्थिती रहेको थियो।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology