देवचुली-५ मा १ सय १२ परिवारलाई राहत वितरण

NAWALPUR TIMES

देवचुली-५ मा  १ सय १२ परिवारलाई राहत वितरण
received 1378625575655896

राजु चापागाईं/देवचुली ।
देवचुली ५ का १ सय१२ घर परिवारलाई राहात खाद्यान्न वितरण सम्पन्न भएको छ । Covid-19 कोरोना भाइरस कारण सिङ्गो देश नै लकडाउन रहेकाे समयमा दैनिक ज्यालादारी, मजदुरी गरी परिवार पालन अत्यन्त कठिन अवस्था विताइ रहेकाे हुँदा नगरपालिका्द्वारा शुरू गरीएकाे खाद्यान्न बैक मार्फत खाद्यान्न संकट परेका परिवारका सदस्यहरूलाइ राहत वितरण गरीएकाे हाे । वार्ड नम्बर ५ मा रहेको घर परिवार मध्य निकै गरीब तथा विपन्न पहिचान गरी देवचुली नगरपालिकाकाे खाद्यान्न बैङ्क (Food Bank) बाट ५ नं.वडा १ सय १२घर परिवारका ३ सय ७१ जनालार्इ २ हजार के.जी चामल, सय के.जी दाल, सयके.जि नुन राहत वितरण गरिएको वार्ड ५ का वडा अध्यक्ष श्री शिवलाल सापकोटाले बताउनुभयो ।

देवचुली-५ मा १ सय १२ परिवारलाई राहत वितरण 3

यस वार्डमा पहाडी गाउँ बन्दिपुर समेत पर्ने भएकाले उक्त स्थानमा राहात बोकेर जानेक्रममा राहत बोकेको बोलेरो जिप दुर्घटना हुँदा उक्त राहत बितरणको लागि हिंडेका सामन्वय समितिका सदस्य लगायत महिला वडा सदस्य सामान्य घाइते हुनुभएको थियो । दुर्घटनामा घाईतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचार गरिएको थियो । दुर्घटना पश्चात् बन्दिपुर गाउँमा पनि राहत वितरण सम्पन्न गरिएको छ । वडा नं ५ का अध्यक्ष शिवलाल सापकाेटा,कार्यपालिका सदस्य,वडा सदस्यहरू,सर्वदालिय समिति प्रतिनिधिहरू, स्थानिय युवाहरू र कर्मचारीहरू लगायतकाे सक्रियता र सहयाेगमा राहत वितरण गरीएको थियो ।

देवचुली-५ मा १ सय १२ परिवारलाई राहत वितरण 4

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology