देवचुली नगरपालिका वार्ड नं. ९ को वडा कार्यालय समुद्घाटन समारोह सम्पन्न
NAWALPUR TIMES
d5
होमनाथ पौडेल/२२ माघ, देवचुली
देवचुली नगरपालिका वडा नं. ९ विशालटारको वडा भवन समुद्घाटन समारोह आज बुधबार नवनिर्मित वडा कार्यालय देवचुली-९ को प्राङ्गणमा सम्पन्न भएको छ। देवचुली नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष मेखबहादुर थापा सारु मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता , नगरउपप्रमुख पार्वती तिवारी र प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालको विशिष्ट आतिथ्यता रहेको थियो।
देवचुली नगरपालिका वार्ड नं. ९ को वडा कार्यालय समुद्घाटन समारोह सम्पन्न 5
देवचुली नगरपालिकाका प्रवक्ता क्या. डिलबहादुर खत्री, वडा कार्यालयका लागी जग्गा दान गर्नुभएका सुनिल न्यौपाने, चोकनारायण भुसाल, तुलसी कंडेल र देवराज पौडेल लगाएतको विषेश आतिथ्यता तथा विभिन्न वडाका वडाध्यक्ष, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि एवं स्थानीय समाजसेवी वुद्धिजिवीहरुको आतिथ्यता रहेको कार्यक्रममा देवचुली नगरपालिका वार्ड नं. ६,७,८,९ को सयुंक्त वडा कार्यालयका सचीव रविन्द्र पौडेललाई वार्ड नं.९ बाट विदाई तथा वार्ड नं.९ कार्यालयका सचीव जीवन गैह्रेलाई स्वागत गरिएको थियो।
देवचुली नगरपालिका वार्ड नं. ९ को वडा कार्यालय समुद्घाटन समारोह सम्पन्न 6
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि श्रेष्ठले अब वार्डवासीले आफ्नै वार्डमा सेवासुविधा पाउने भएकाले खुशी लागेको वताउनुभएको थियो। समारोहमा विविध साँस्कृतिक प्रस्तुति समेत रहेका थिए।
देवचुली नगरपालिका वार्ड नं. ९ को वडा कार्यालय समुद्घाटन समारोह सम्पन्न 7देवचुली नगरपालिका वार्ड नं. ९ को वडा कार्यालय समुद्घाटन समारोह सम्पन्न 8
Facebook Comment