देवचुली । देवचुली नगरपालिका वडा नं.९ विशालटार पूर्ण सरसफाइ उन्मुख क्षेत्रका रुपमा घोषणा भएको छ। आइतबार वडा कार्यालयको परिसरमा सम्पन्न सभाद्वारा वडालाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिएको हो।
देवचुली नगरपालिका वडा नं.९ को आयोजनामा सम्पन्न सभामा वडाध्यक्ष मेख बहादुर थापा सारु मगरको अध्यक्षता तथा देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। उक्त कार्यक्रमको सह-आयोजकमा विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र सहयोगी संस्थाको रुपमा नापावास परियोजना रहेको थियो। 
कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले ९ नं. वडा पूर्ण सरसफाइ उन्मुख मात्रै नभएर छिटै नै पूर्ण सरसफाइ क्षेत्र बन्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो।कार्यक्रममा वडालाई पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्न सहयोग पुर्याउने संघसंस्थालाई कदरपत्रले सम्मान समेत गरिएको थियो।
Facebook Comment
Comment