देवचुली नगरपालिकामा मौरीपालन सामाग्री वितरण कार्यक्रम सम्पन्न
NAWALPUR TIMES
received 224819605311650
होमनाथ पौडेल /देवचुली
देवचुली नगरपालिकामा मौरीपालन सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। देवचुली मौरिपालक पकेट क्षेत्र संचालक समितिका संयोजक यदुनाध कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीकारुपमा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल रहनुभएको थियो भने विशिष्ट अतिथीकारुपमा देवचुली-९ का वडाध्यक्ष मेखबहादुर थापा सारु मगर, विशेष अतिथीकारुपमा देवचुली-७ का वडाध्यक्ष भुपराज पाठक, वडा नम्बर९ का वडा प्रतिनिधि टेक बहादुर गहा मगर रहनुभएको थियो। कार्यक्रममा कृषि ज्ञान केन्द्र, तनहुँको सहयोगमा मौरीपालक पकेट क्षेत्र भित्रका १८ जना कृषकलाई मौरिपालन गर्नका लागी आवश्यक मौरीगोला , मौरीघार, स्टोरेज ट्याङ्की लगाएतका सामाग्री वितरण गरिएको थियो। कार्यक्रमको सहजिकरण देवचुली नगरपालिका मौरिपालक कृषक समितिका सचिव वुद्विसागर भुसालले गर्नुभएको थियो। कार्यक्रम देवचुली-९ विशालटारमा सम्पन्न भएको हो।
देवचुली नगरपालिकामा मौरीपालन सामाग्री वितरण कार्यक्रम सम्पन्न 2
Facebook Comment