देवचुली नगरपालिकाको खाद्यान्न बैंकमा जनजागृत युवा क्लबद्वारा दश हजार रुपैयाँ सहयोग

NAWALPUR TIMES

देवचुली नगरपालिकाको खाद्यान्न बैंकमा जनजागृत युवा क्लबद्वारा दश हजार रुपैयाँ सहयोग
94640054 3054243067969099 6717261703425294336 n

होमनाथ पौडेल/ देवचुली 

देवचुली नगरपालिकाद्वारा स्थापित खाद्यान्न बैंक (Food Bank) मा सहयाेग गर्न इच्छुक संघ, सस्था, व्यक्तिकाे लागि आव्हान गरिएकाे सूचना अनुसार विश्वमा फैलिराखेको (काेभिड १९) कोरोना भाईरस नियन्त्रण र उपचारका लागि कायम रहेकाे लकडाउनकाे अवधिमा दैनिक रुपमा ज्याला मजदुरी गरी परिवार पालन गर्ने परिवारकाे खाद्य सङ्कट न्यूनीकरणका लागि जन जागृत युवा क्लब, देवचुली न.पा वडा नं. ९, विशालटारले रु १०,०००/- सहयोग गरेको छ। क्लबको प्रतिनिधित्व गर्दै क्लबका अध्यक्ष कृष्ण बहादुर आले, उप–अध्यक्ष चन्द्र बहादुर थापा(अन्जान) र सदस्य हाेमनाथ पाैडेल मार्फत् रू १०,०००/- (दश हजार रूपैयाँ) को चेक नगरप्रमुख पूर्ण कुमार श्रेष्ठ,नगर -उप प्रमुख पार्वता तिवारी र प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाललाई हस्तान्तरण गरिएको थियो। सहयोग हस्तान्तरणका क्रममा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका सचीव राजु चापागाईंको समेत उपस्थिति रहेको थियो। जन जागृत युवा क्लबले नगरपालिकाको खाद्यान्न बैंक स्थापना अगाडि नै देवचुली-९ वडा विपद कोषमा समेत रु १०,०००/- (दश हजार रुपैयाँ) आर्थिक सहयोग गरेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology