देवचुली जेसिजको छैठौं पदस्थापना सम्पन्न

NAWALPUR TIMES

दलदले । देवचुली जेसिजको छैठौं पदस्थापना आईतबार सम्पन्न भएको छ । देवचुली जेसीज बर्ष २०२० का अध्यक्ष हरिप्रसाद पोख्रेलको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बर्ष २०२० का अध्यक्ष हरिप्रसाद पोख्रेलले बर्ष २०२१ का अध्यक्ष निलकण्ठ पोख्रेललाई देवचुली जेसीजको चेन तथा अध्यक्ष पद हस्तान्तरण गरेका छ्न ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी युवा नेता पौडेलले समाजमा घट्ने कुनै पनि घटनाका विषयमा आवाज उठाउन सक्ने क्षमता विकास हरेक युवामा भएमात्र समाज पारदर्शी हुने र समाजमा कुनै पनि किसिमका भष्ट्रचार नहुने बताए । पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताउँदै असंवैधानिक कदम सच्चाउनुपर्नेमा जोड दिएका छ्न । पौडेलले संसद विघटनको विषयमा नेपाल जेसीजले पनि गम्भीरता पूर्वक आवाज उठौनु पर्ने बताए ।

कार्यक्रममा नवनिर्वाचित देवचुली जेसीज बर्ष २०२१ का अध्यक्ष जेसी निलकण्ठ पोख्रेलले देवचुली नगरपालिका भित्रका युवाहरुलाई समेटेर युवाहरुको नेतृत्व, व्यक्तिव र उद्यमशीलता विकास गर्न तालिम प्रदान गर्ने, देवचुलीका १ वडा १ विद्यार्थीलाई छात्रवृति प्रदान गरि अभिभाकत्व ग्रहण गर्ने साथै व्यवसाय क्षेत्रमा व्यवसायिक साटासाट गर्ने जस्ता विभिन्न कार्यक्रमहरु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसैगरि कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठ, गैडाकोट जेसीजका संस्थापक अध्यक्ष बद्री सापकोटा, देवचुली जेसीजका संस्थापक अध्यक्ष केवी राना, पूर्व अध्यक्षहरु, नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय उपाध्यक्ष राजन गौतम, नवलपुर जेसीज लगायतको उपस्थिती रहेको थियो ।

देवचुली जेसिजको वर्ष २०२१ का लागि कार्यकारी उपाध्यक्षमा जेसी दुर्गादेवि ढकाल र राजन अधिकारी साथै उपाध्यक्षमा केशब रानाभाट, हिमकला कोईराला, नरेन्द्र भण्डारी, गणेश न्यौपाने चयन भएका छ्न ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology