देवचुली अपडेट : संक्रमितको सम्पर्कमा आएका २७ जनाको स्वाब संकलन गरि परिक्षणका लागि भरतपुर पठाईयो

NAWALPUR TIMES

देवचुली अपडेट : संक्रमितको सम्पर्कमा आएका २७ जनाको स्वाब संकलन गरि परिक्षणका लागि भरतपुर पठाईयो
Untitled 1

नवलपुर । नवलपुरको देबचुली नगरपालिका वडा नम्बर १ का १९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएपछि उनको सम्पर्कमा आएका २७ जनाको स्वाव संकलन गरिएको छ ।

भारतको हरिद्धारवाट आएर जेठ १० गते देखि देबचुली १४ को जनज्योती मावीमा क्वारेण्टाईनमा बसेका ति व्यक्तीको सम्पर्कमा रहेका क्वारेण्टाईनमा रहेका अन्य व्यक्तीहरु लगायतको स्वाव संकलन गरि भरतपुर पठाईएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।

उनका अनुसार अझै पनि ट्रेसिङ्ग कार्य चलिरहेको छ । “अझै कोहि सम्पर्कमा आएका छन् भने स्वाव पठाउँछौं । ” चापागाईले अहिले जिल्लाभरि ५ सय ७३ जना क्वारेण्टाईनमा रहेको बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology