नवलपुर । श्रीमानको हत्या गरेको आरोपमा नवलपुरको देवचुलीबाट नवलपुर प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।
जिल्लाको देवचुली नगरपालिका वडा नं ४ राना चोकका खेमबहादुर घर्तीको हत्याको आशंकामा प्रहरीले उनकै श्रीमति सुमित्रा राजवंशीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिएका छ्न ।
गए राति आफ्नै घरको कोठामा रहेको पंखामा घाटिमा पासो लगाएर झुन्डिएका अवस्थामा फेला परेका घर्तीलाई दलदलेको देवचुली अस्पताल पुर्याउन साथ अस्पतालले मृत घोषणा गरेको डिएसपी गिरीले बताए ।
प्रकाशित : २०७८ फागुन २४ गते २०:१७
Facebook Comment