देवचुलीमा रचना वाचन कार्यक्रम सम्पन्न

NAWALPUR TIMES

देवचुलीमा रचना वाचन कार्यक्रम सम्पन्न
received 720768578623510 scaled

देवचुली । देवचुली साहित्य समाजको आयोजनामा नवलपुर जिल्ला स्तरीय रचना वाचन कार्यक्रम शनिबार देवचुली नगरपालिका वडा नं १३ का वडाध्यक्ष तथा देवचुली नगरपालिका कार्यपालिकाका नगर प्रवक्ता क्याप्टेन डिलबहादुर खत्रीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

देवचुली साहित्य समाजका उपाध्यक्ष अशोकराज अधिकारीको स्वागत मन्तव्य सहित सहारा पार्टी प्यालेस दलदले,देवचुलीमा आयोजित उक्त कार्यक्रममा उपस्थित तीन दर्जन भन्दा बढी स्रष्टाहरुले आफ्नो रचना वाचन गर्नु भएको थियो ।

कार्यक्रममा देवचुली नगरपालिका वडा नं १५ का वडाध्यक्ष श्री हरिभक्त भट्टराई, विभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गर्दै आतिथ्यता ग्रहण गर्नु भएका समाजसेवी, साहित्यप्रेमी रेशम सापकोटा, तिलप्रसाद काफ्ले, डिल्लीराम कडरिया, ईन्द्रमणि भुसाल, नारायण भण्डारी, पदम रिमाल, लगायतले शुभकामना र शुभेच्छा व्यक्त गर्नु भएको थियो    ।

कार्यक्रममा नवलपुरका स्रष्टा दीपक सोती, लोकनाथ खरेल, कृष्णादेवी शर्मा श्रेष्ठ, राधा पाण्डे, धनपति कोइराला, जीवन युगीन, मुक्ति ढकाल, तेजेन्द्र सापकोटा, लेखराम सापकोटा, अर्जुन अविरल, मणि अर्याल, हरिप्रसाद ढकाल, सञ्जय भट्टराई, विक्रम ढकाल अनुराग, एस पि बराकोटी, शोभा खनाल, एकनारायण चापागाईं, निशा क्षेत्री, अतीत आचार्य, शंकर नेपाली, जगन्नाथ खनाल , निमा तिवारी, सीतादेवी पौडेल, रमेश भूर्तेल, आइ पि सापकोटा, शर्मिला सापकोटा, सरस्वती पन्त, विद्या पौडेल, नारायणवीर खत्री, आदित्य अधिकारी, अम्बी बिरकट्टा, गौरव भण्डारी, अनुप पौडेल, चन्द्रकान्त पौडेल, सम्बोध पौडेल लगायतका स्रष्टाले आफ्ना रचना वाचन गर्नु भएको थियो ।

कार्यक्रममा नवलपुरका स्रष्टाहरूको सम्पर्क सूत्र नवलपुर फोन डायरी पनि विमोचन भएको थियो । कार्यक्रमको सञ्चालन देवचुली साहित्य समाजका सचिव सरोज उजाडले गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष आदर्श सुशीलले गर्नु भएको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology