देवचुलीमा दोस्रो मेयरकप फुटबल सुरु: उदघाटन खेलमा युनाइटेड रजहर विजयी

NAWALPUR TIMES

देवचुलीमा दोस्रो मेयरकप फुटबल सुरु: उदघाटन खेलमा  युनाइटेड रजहर विजयी
1617119543157

कावासोती । देवचुली नगरपालिकामा दोस्रो मेयर कप फुटबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली मा वि को खेलमैदान फारम मा  सन्चालन भएको युनाईटेड रजहर फुटबल क्लब र नारायणी युवा क्लब उदघाटन खेलमा युनाईटेड रजहर फुटबल क्लब २-१ गोलले विजयी भएको छ ।

युनाईटेड रजहर फुटबल क्लबका लागी अमित कुँवर र सरोज सुनारले गोल गरेका थिए भने नारायणी युवा क्लबका सन्जु तामाङले गोल गरेका थिए । आजको खेलमा युनाईटेड रजहर फुटबल क्लबका सागर अधिकारी म्यान अफ दि म्याच भएका थिए।

नवलपुर जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५० हजार , प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमले रु २० हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । भोलीको खेल फारम निलो र केउरानी युवा क्लबबिच हुने खेल संयोजक विष्णुकुमार वाग्लेले जानकारी दिए ।

प्रतियोगिताको नगरप्रमुख पुर्णकुमार श्रेष्ठले विषेश समारोहका बिच उदघाटन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology