देवचुलीमा जेठ ५ सम्म सबै कार्यालय बन्द गरिने, लक डाउनमा कडाई
NAWALPUR TIMES
158944062197342265 3047545135364228 2358 2
नवलपुर/जेठ १
देवचुली नगरपालिकामा बिहिबार एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भए सँगै नगर भित्र सतर्कता बढाउदै लक डाउनलाई कडाई गर्न सुरु गरिएको छ ।
देवचुलीका सबै बैँक, वित्तीय संस्था, सहकारी संस्था, खानेपानी संस्था, सामुदायिक वन, पसलहरु बन्द गर्न देवचुली नगरपालिकाले सूचना जारी गरेर आग्रह गरेको छ ।
देवचुली नगरपालिका भित्रका विद्यालयहरुमा क्वारेन्टाईनको व्यवस्था गरिएको र बाहिरबाट आउने व्यक्तिलाई तुरुन्तै क्वारेन्टाईनमा राख्ने तयारी गरेको देवचुली नगरपालिकाका प्रमुख प्रशासीकय अधिकृत विष्णु प्रसाद भुसालले जानकारी दिए।
भुसालका अनुसार स्वास्थ्यकर्मीको सुरक्षालाई महत्वमा राख्दै चाहिने स्वास्थ्य सामग्रीहरु खरिद गरेको र सुरक्षित भएर सेवा प्रवाह गर्न अनुरोध गरिएको छ ।
देवचुलीका टोल सुधार समिति, वडा समितिहरुलाई उच्च सतर्कता सहित निगरानी बढाउन आग्रह गर्दै वडामा नयाँ मान्छे आउने वितिकै खबर गर्न समेत आग्रह गरिएको छ । यस्तै बिहान बेलुका समुह बनेर पैदल नहिडन पनि नगरपालिकाले अनुरोध गरेको छ ।
कोरोना संक्रमणको पुष्टि भए लगतै यति बेला देवचुली नगरपालिका सुनसान देखिएको छ । बिहान देखि अनावश्यक हिँडेका करिब ४५ वटा मोटरसाइकलहरुलाई पनिे अस्थाई प्रहरी पोष्ट दलदलले नियन्त्रणमा लिएको छ ।
देवचुली नगरपालिकाले समुहमा हिड्न नपाउने, अत्यावश्यक सवारी साधन बन्द गर्ने, अत्यावश्यक पसलहरु बन्द गर्ने सुचना प्रसारण गर्दा समेत नटेरेर सडकमा हिडेका मोटरसाईकललाई नियन्त्रणमा लिईएको अस्थाई प्रहरी पोष्ट दलदलेका प्रमुख अर्जुन रानाले बताए ।
यस अघि आज नै चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली १२ का एक जना ४९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । भरतपुरको कोरोना ल्यावमा संक्रमण पुष्टी भएका व्यक्ती नवलपुर नआएको खुलेको छ । आज बिहान उनमा संक्रमण देखिएको हो । उनलाई अहिले आइसोलेसनमा राखिएको छ ।
अस्पताल स्रोतका अनुसार संक्रमित व्यक्ति भारतको कोलकाता बाट रक्सौल हुदैं चितवन आईपुगेका थिए । मालबाहक ट्रकहरु चढ्दै उनि आएको खुलेको छ । उनि नवलपुर भने प्रवेश गरेका थिएनन् । उनि बुधबार चितवन आईपुगेका हुन् ।
Facebook Comment