देवचुलीमा खोलाले बगाउँदा १७ बर्षीया बालिकाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ६ गते १३:१९
देवचुलीमा खोलाले बगाउँदा  १७ बर्षीया बालिकाको मृत्यु
download 2

देवचुली नगरपालिका वडा नं १६ बस्ने लिला बहादुर सारू मगरको छोरी अंन्दाजि १७ वर्षकी जिम माया सारू मगरको (हिजो) सोमबार टुनीखोलाले बगाई मृत्यु भएको छ ।
बाख्रा चराउन गएकीे जिम माया बाख्रा चराई फर्कदा देवचुली १३ मा रहेको टुनीखोला तर्ने क्रममा खोलामा एक्कासी पानी बहाब बढेर बगाएको जनाईएको छ ।          उनलाई खोलाको किनाराा बेवारिशे अवस्थामा स्थानियले देखेपछि उनलाई उद्धारको लागी पुरानो मेडीकल कलेज भतरपुर चितवनमा लगिएको र अस्पतालमै उपचारको क्रममा सोमबार राति १०:०० बजे मृत्यू भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल भरतपुर चितवनको शवगृहमा राखिएको र घटनाको बारेमा थप अनुसन्धान भइरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाणँले जानकारी दिनुभयो ।

प्रकाशित : २०७७ असोज ६ गते १३:१९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI