देवचुलीबाट हराएका युवक भारतको अयोध्यामा भेटिए

NAWALPUR TIMES

देवचुलीबाट हराएका युवक भारतको अयोध्यामा भेटिए
1609341751FB IMG 1609339984418

देवचुली ।पूर्वी नवलपरासीको देवचुली -१० बाट हराएका साहिल पाण्डे फेला परेका छन् ।

मंगलवार विहान आफ्नै निवासबाट हराईरहेका २१ वर्षिय पाण्डे भारतको अयोध्या राम मन्दिरमा फेला परेको परिवारले जानकारी दिएको छ । परिवारमा सामान्य मनमुटाव गरि घर छाडेर हिडेका पाण्डे भारतमा सकुशल भेटिएका युवकका अंकल केशव पाण्डेले बताए ।

गत बुधवार छोरा हराएको भन्दै खोजिदिन साहिलका वुवा र अंकलले जिल्ला प्रहरी कार्यालय नवलपुरमा निवेदन दिएका थिए । हराईरहेका पाण्डे अहिले परिवारको सम्पर्कमा रहेका छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology