देवचुलीको हमाल चोकबाट ७ सय ६९ किलो गाँजा सहित दुई जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०८१ साउन १४ गते १९:१५
देवचुलीको हमाल चोकबाट ७ सय ६९ किलो गाँजा सहित दुई जना पक्राउ
1722259665555

कावासोती । नवलपुर प्रहरीले ७ सय ६९ किलो गाँजा सहित दुई जनालाई पकाउ गरेको छ ।

आईतबार राती करिब २ बजेको समयमा ईलाका प्रहरी कार्यालय रजहरको टोलिले एन एल ०१एन ५५४४ नम्बरको भारतिय  कन्टेनरमा लुकाएर लैजादै गरिएको ७ सय ६९ किलो गाँजा सहित दुई जनालाई पकाउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए ।

प्रहरीले गाँजा सहित चितवन राप्ती नगरपालिका वडा नं २ का मदन लामा र दिनेश भनिने सन्तोष लामालाई पक्राउ गरेको आईतबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपरीक्षक रेग्मीले जानकारी दिए ।

भारतिय नम्बर प्लेटको कन्टेनर र सगैँ रहेको प्रदेश०१-०२६-च-५१५९ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको रेग्मीले बताए । चेक जाँचको क्रममा कन्टेनरको क्याविन पट्टिको भित्ता शंकास्पद लागेपछि काटेर हेर्दा कन्टेनरको सामान राख्ने भाग र क्याविनको बिचमा फल्स बटम बनाएर गाँजा लुकाएर राखिएको अवस्थामा फेला परेको पत्रकार सम्मेलनमा उपरीक्षक रेग्मीले बताए ।

उक्त कन्टेर केही दिन अगाडी देखि चोरमारामा रहेको र मदन लामा र दिनेश लामाले कार लिएर मुग्लिङ देखि नारायणघाट, हेटौंडा र विरगंज सम्म उक्त कन्टेनर खोज्दै हिडेको उनिहरुले प्रयोग गरेको कारको जिपिएसले देखाएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

उक्त गाँजा बोकेको कन्टेनरको वास्तविक चालक चोरमारामा छोडेर भागे पछि खोज्ने क्रममा उक्त गाँजा बोकेको कन्टेनर सन्तोष र मदनले लिएर चितवन तर्फ जाँदै गर्दा उनिहरुलाई प्रहरीले देवचुलीको हमाल चोक बाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ गर्दा कन्टेनर मदन लामाले चलाउदै गरेका थिए भने कारका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

गाँजा कहाँबाट कसरी आयो र यसमा संलग्न व्यक्तिहरूको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ठूलो मात्रामा लागूऔषध फेला परेपछि यसमा ठूलै गिरोहका संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ । उपरीक्षक रेग्मीका अनुसार कन्टेनरका वास्तविक चालक र कारका चालकको खोजी भैरहेको छ भने पक्राउ परेका दुई जनालाई नवलपुर जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाईएको छ ।

प्रकाशित : २०८१ साउन १४ गते १९:१५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI