देवचुलीको पृथ्वीनगरमा सवारी दुर्घटना : एकको मृत्यु २ जना घाइते

NAWALPUR TIMES

देवचुलीको पृथ्वीनगरमा सवारी दुर्घटना : एकको मृत्यु २ जना घाइते
accident 20201129054133

नवलपुर । नवलपुरको देवचुली-११ मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

पृथ्वीनगर चोक देखि धारापानि जाँदै गरेको मोटरसाइकल बिपरित दिशाबाट आइरहेको ट्रयाक्टरमा जोडिएको सिमेन्ट घोल्ने मिक्स्चरमा ठोक्किदा उक्त घटना जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिएका छ्न ।

पाठकका अनुसार अनुसार लु १७ प ५३६१ नम्बरको मोटरसाइकल चालक राज कुमार थापाको मृत्यु भएको छ भने बिर बहादुर तामाङ गम्भीर र टेक बहादुर सिंजालीको अवस्था मध्यम रहेको छ।

अहिले घाइतेहरुको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटना साँझ ७:३० बजेको समयमा भएको प्रहरीले जनाएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology