देवचुलीको गोरे घुम्तिमा नमूना कलेजको बस दुर्घटना

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत ३ गते १८:२०
देवचुलीको गोरे घुम्तिमा नमूना कलेजको बस दुर्घटना
a0c4b3eee09bcb20f012ddf911091c231062448c96853a8067e1f8412e18ad39.0

एलिना केसी/देवचुली ।देवचुली नगरपालिका ७ एस मोड गोरे घुम्तीमा कलेज बस दुर्घटना भएको छ । बिहिबार अपराहन्न ४ः३० बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ग १ क २५४७ नम्बरको गैंडाकोट नमूना कलेजको बस दुर्घटनामा परेको हो । बस गोरे घुम्तीमा आएपछि कन्ट्रोल नभएका कारण दुर्घटना भएको दलदले अस्थायी प्रहरी चौकी दलदलेका प्रमुख डमर केसीले  जानकारी दिनुभयो ।Open photo

बस दुर्घटना हुँदा चालक सहित दुई जना घाईते भएका छन् । घाईते हुनेमा बस चालक देवचुली १२ निवासी बर्ष ४० का ईश्वरी भण्डारी सामान्य घाइते भएका छन् । यसैगरि चालकका साथी देवचुली १३ निवासी बर्ष ५० का रविलाल विश्कर्माको टाउकोमा चोट लागेका कारण भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।No description available.

प्रकाशित : २०७८ चैत ३ गते १८:२०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI