देवचुलीका ३१ वर्षिय कोरोना संक्रमित पुरुषको भरतपुरमा मृत्यु

NAWALPUR TIMES

देवचुलीका ३१ वर्षिय कोरोना संक्रमित पुरुषको भरतपुरमा मृत्यु
1945650652coronadeath

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत एक संक्रमित पुरुषको निधन भएको छ । अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालका अनुसार नवलपुरको देवचुली नगरपालिका वडा नं. ११ निवासी ३१ वर्षिय पुरुषको शुक्रबार बिहान १२ः१८ बजेको समयमा निधन भएको हो ।

स्वासप्रश्वास र निमोनियाको समस्या भएपछि भदौ २५ गते अस्पताल भर्ना भएका उनको २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उपचार गर्दा गर्दै निधन भएको लम्सालले जानकारी दिनुभयो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology