देवघाटमा नदीले बगाएर तीर्थयात्री बेपत्ता

NAWALPUR TIMES

देवघाटमा नदीले बगाएर तीर्थयात्री बेपत्ता
1547522486devghat

कावासोती । नदीले बगाएर देवघाट धामबाट एक तीर्थयात्री बेपत्ता भएका छन् । तनहुँको देवघाट गाउँपालिका– ५ स्थित वेणी सङ्गम (त्रिशूली नदी र काली गण्डकी नदीको संगमस्थल) बाट बेपत्ता भएका हुन ।

देवघाट दर्शन गर्न आउनु भएका  दाङ जिल्लाको  तुलसीपुर नगरपालिका –। १२ बस्ने वर्ष ३२ को लोकेन्द्र भुसाल बेपत्ता भएका प्रहरीले जनाएको छ ।

भुसाल शुक्रवार बिहान ७ः १५ बजे बगाई बेपत्ता भएको भएको खोजतलास भइरहेको र हालसम्म फेला नपरेको उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology