नारायण शर्मा/पूर्वी नवलपरासी
पूर्वी नवलपरासी स्थित देबचुली नगरपालिकाको पृथ्वीनगरमा विदेशी दातृ निकायको ५ करोड आर्थिक सहयोगमा किशोरी अध्ययनकेन्द्र तथा श्रोतकेन्द्र भवन निर्माण भएको छ ।
किशोरी शसक्तिकरणमा काम गर्दै आएको क्यान्नलन स्विटजरल्याण्डले नेपालका किशोरीको क्षमता बृद्धि गर्न सघाउन यो भवन निर्माण गरिदिएको हो । पूर्वी नवलपरासीको कावासोती र देबचुली नगरपालिकामा किशोरी शशक्तिकरणका बिभिन्न कार्यक्रम गत ५ वर्षदेखि लागु भैरहेको छ ।
करिब दुई दशकदेखि बालबालिका र किशोरी शसक्तिकरणका क्षेत्रमा काम गर्दै आएको स्थानिय जागृति बाल तथा युवा सरोकार नेपालसंगको सहकार्यमा संस्थाले आफनै भवन बनाउन क्यान्नलनले सहयोग गरेको हो । तिन तल्ले अत्याधुनिक सुबिधा सहिको यो भवन आउदो पुष पहिलो साता सम्म सम्पन्न गर्ने लक्ष्य रहेको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा बताउछन । शर्माका अनुसार किशोरी शसक्तिकरणका सवालमा आफनै आवासिय भवन हुद सजिलो हुने बिश्वासका आधारमा क्यान्नलनले भवन निर्माणमा सहयोग गरिदिएको हो । जागृति बाल तथा युवा सरोकार नेपालको आग्रह अनुसार दातृ निकायले भवन निर्माणमा आर्थिक सहयोग गरेको शर्माको भनाई छ । त्यहा करिब २ कठठामा पार्क समेत बनाइने छ । भवन अत्युनिक सुबिधा र डिजिटल प्रबिधि सहितको हुने छ ।
एक वर्षअघिवाट निर्माण शुरु भएको नया अत्याधुनिक सुबिधा सम्पन्न भवनमा कार्यक्रम संचालन गर्ने हल , कार्यालय र आवासको समेतको सुबिधा छ । कार्यालय र हलमा डिजिटल प्रबिधि जोडिने छ । किशोरीको क्षमता बृद्धिमा राष्ट्रिय तहका कार्यक्रम गर्न समेत सहयोग पुगोस भन्ने उद्धेश्यले धेरै सुबिधा सहितको भवन निर्मार्ण भैरहेको हो । देबचुली नगरपालिका वडा नम्बर १० पृथ्वीनगरमा संस्थाको नाममा रहेको करिब ४ कठठा जग्गामा भवन रहेको छ । भवनको अघिल्तिर सार्वजजिक चौरमा हरीयाली पार्क निर्माण गरिने वडा नम्बर १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ति बताउछन । नजिकै मगर संग्राहलयको भवन निर्मँण भैसकको छ ।
अन्तराष्ट्रिय स्तरको अत्याधुनिक यो भवन निर्माणको लागि दातृ निकायले आफनै इन्जिनियर खटाएको छ । पूर्वी नवलपरासीमा १० देखि १९ वर्ष उमेर समुहका किशोरी ३४ हजार ७ सय २२ रहेको तथ्यांक छ । नव निर्मित भवन नजिकै रहेको करिब १० बिगाह जग्गामा रंगशाला निर्माण गर्ने योजना रहेको छ ।
प्रकाशित : २०८० असार ३० गते २०:१८
Facebook Comment