दुर्घटनामा मृत साथीलाई छोडेर भागेका फरार अभियुक्त ५ वर्ष पछि पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ १७ गते १२:०८
दुर्घटनामा मृत साथीलाई छोडेर भागेका फरार अभियुक्त ५ वर्ष पछि पक्राउ
1607317403.bike accident

कावासोती । पाँच वर्ष अगाडि भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएका साथीलाई छोडेर मोटरसाइकल सहित फरार भएका एक जना अभियुक्तलाई नवलपुर प्रहरीले पाँच वर्ष पछि पक्राउ गरेको छ ।

पाँच वर्ष अगाडि अर्थात २०७६ पौष १९ गतेका दिन कावासोती नगरपालिकाको वडा नं ५ को पश्चिम टोलामा बौदीकाली–४ का मनबहादुर सिंजाली टाउको तथा शरिरको बिभिन्न भागमा चोट लागेको अवस्थामा मृत फेला परेका थिए ।

मृत फेला परेका सिंजाली २०७६ पौष १६ गतेका दिन  कावासोती नगरपालिका वडा नं १ रिठ्ठेपानी बस्ने पृथ्वी सिंह थिङले चलाएको लु २७ प ६१३३ नम्बरको मोटरसाईकलमा बसेका थिए । प्रहरीले गरेको अनुसन्धानले उक्त मोटरसाईकल कावासोती नगरपालिकाको वडा नं ५ को पश्चिम टोलाको भित्री सडकमा अनियन्त्रित भएर पल्टिदाँ गम्भिर घाईते भएका मनबहादुर सिंजालीलाई घटनास्थलमा छोडेर भागेको देखिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले बताए । घटना भएको ३ दिन पछि पश्चिम टोलाको भित्री सडक नजिकैको खेतमा मृत फेला परेका थिए ।

घटना पछि फरार रहेका पृथ्वी सिंह थिङलाई नवलपुर प्रहरीले यहि जेठ १६ गते पक्राउ परेको गरेको  हो । प्रहरीले आवश्यक अनुसन्धान सकाएर थिङलाई सवारी ज्यान कसुरमा मुद्धा दर्ता गर्ने तयारी गरेको डिएसपी पौडेलले बताए ।

प्रकाशित : २०८१ जेठ १७ गते १२:०८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI