नवलपुर । प्रहरीले दुम्किबासबाट अवैध कपडा बरामद गरेको छ । ट्रकमा भन्सार छली ल्याउँदै गरेको २४ बोरा कपडा बरामद गरी अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।
पूर्वपश्चिम मुख्यमार्ग अन्तर्गत विनयी त्रिवेणी गाउँपालिकाको वडा नं. १ स्थित दुम्किबास बजारबाट उक्त परिमाणको कपडा सहित ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको हो ।
ईलाका प्रहरी कार्यालय दुम्किबासको प्रहरी टोलीले सडक सुरक्षा चेकजाँचका क्रममा भन्सार छली अवैध रुपमा भित्र्याउँदै गरेको मालसामान सहितको ना ६ ख ११४ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
सामानको रित पुग्ने कुनै कागजात तथा बिल नभएपछि सामान सहित ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले बताए ।
प्रकाशित : २०७८ फागुन ३ गते २०:४३
Facebook Comment