दुई हजारले घट्यो सुनको मूल्य

NAWALPUR TIMES

दुई हजारले घट्यो सुनको मूल्य
gold1

काठमाडौँ, २२ माघ (रासस)ः

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला रु दुई हजारले घटेको छ । अधिल्लो दिन प्रतितोला रु एक लाख छ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख चार हजार एक सय तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार छ सय छ । अघिल्लो दिन उक्त सुन रू एक लाख पाँच हजार छ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु ४५ घटेर रु एक हजार तीन सय २० तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology