दुई वर्षदेखि मन्दिर बाहिर भिख माग्दै आएको युवक करोडपति

NAWALPUR TIMES

दुई वर्षदेखि मन्दिर बाहिर भिख माग्दै आएको युवक करोडपति
45D80C5B 21AB 440E 9581 85D67D7D6C2A

नयाँदिल्ली । भारतीको हरियाणाको अम्बाला क्यान्टको पुरानो अनाज मन्डी मन्दिर बाहिर दुई वर्षदेखि भिख माग्दै आइरहेको युवक करोडपति रहेको पत्ता लागेको छ ।

दुई बहिनीहरूको एक्लो भाई उनी आजमगढका बासिन्दा हुन् । उनको वास्तविक नाम धनञ्जय ठाकुर हो । मन्डी आउने–जाने मानिसहरू उनलाई जटाधारी भन्ने गर्थे ।

उनका बुबा एक ठूलो कम्पनीका एचआर हुन् । शुक्रबार धनञ्जयकी सानी बहिनी नेहा सिंह जब उनलाई लिन लखनउबाट त्यहाँ पुगिन्, तब उनको प्यारो भाई बिछोड भएदेखि मिलेसम्मको कहानी बाहिर आएको छ ।

खासगरी बिहीबार धनञ्जयको खुट्टाबाट रगत बगिरहेको देखेर ‘गीता गोपाल संस्था’का सदस्य साहिलले उसलाई पट्टीको लागि नजिक बोलाए ।

उनलाई सोधे, तिम्रो घर कहाँ हो ? मानसिकस्थिति ठीक नभएका कारणले धनञ्जय आफ्नो घर बताउन सकेनन् । केही याद गरेपछि उनले एक मोबाइल नम्बर बताए ।

उक्त नम्बर आजमगढसँग जोडियो । शिशुपालले फोन उठाए । यसपछि साहिलले धनञ्जयको बारेमा कुराकानी गरे । तब पत्ता लाग्यो की शिशुपाल धनञ्जयका काका थिए ।

उनले नै धनञ्जयको नाम धनञ्जय उर्फ धर्मेन्द्र बताए । धनञ्जय दुई वर्ष पहिले घरबाट गायब भएका थिए । शुक्रबार उनकी बहिनी नेहा उनलाई लिन पुगिन् ।

दाजु मन्दिर बाहिर बसेका थिए । दाह्री र कपाल बढेको थियो । बहिनीलाई देख्ने बित्तिकै धनञ्जयले उनलाई चिने । बहिनीको मुखबाट यतिमात्र आवाज आयो की ‘धर्मेन्द्र तिमीलाई भाईको फोन नम्बर याद थियो, तब दुई वर्ष पहिले फोन गराउन सक्थेउ ।’

नेहाले भारतीय मिडियालाई बताइन् की एक्लो दाजु भएको कारणले धनञ्जय परिवारको एकदमै प्यारो थिए र घमण्डी पनि थिए । उनले ग्रेजुएशन गरेका छन् । उनलाई लागूऔषधको नशा लागेको थियो ।

जसले गर्दा मनस्थिती बिग्रिन पुग्यो र एकदिन घर छाडेर हिँडे । परिवार उनलाई निकै खोजे तर भेट्न सकेनन् । अहिलेसम्म त घरपरिवारको आश मरेको थियो ।

दुई दिन पहिले मात्र नेहाले बुबासँग अब दाजु यो दुनियाँमा छैनन् भनेकी थिइन् । उनले दाजु भेट्न भन्दै बिहीबारे व्रत पनि लिएकी थिइन् । संयोग स्वरुप बिहीबार नै भगवानले दाजुको जानकारी दिएको उनी बताउँछिन् ।-एजेन्सी

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology