दिल्ली पहिलो पटक आईपिएलको फाईनलमा

NAWALPUR TIMES

दिल्ली पहिलो पटक आईपिएलको फाईनलमा
1604887379621

काठमाडौं। शिखर धवनको आक्रामक अर्धशतक तथा मार्कुस स्टोइनिसको अलराउन्ड प्रदर्शनमा दिल्ली क्याम्पियल्सले गएराति सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिगको फाइनलमा स्थान बनाएको छ। दिल्लीले फाइनलमा स्थान बनाएको यो पहिलोपटक हो।

 

शेख जायद रंगशालामा धवनले ७८ रन बनाएपछि टस जितेर ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १८९ रन बनाएको थियो। १९० रनको लक्ष्य पछ्याएको हैदरावादले आठ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो।

 

धवनले ५० बलमा ६ चौका र दुई छक्कासहित ७८ रन बनाउँदा अर्का ओपनर स्टोइनिसले २७ बलमा पाँच चौका र एक छक्कासहित ३८ रन बनाए। दुई ब्याट्सम्यानले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे। कप्तान श्रेयर ऐयरले २१ रन बनाउँदा सिमरोन हेटमेयरले २२ बलमा अविजित ४२ रन बनाए।

 

हैदरावादका सन्दीप शर्मा, जासोन होल्डर र रशिद खानले एक एक विकेट लिए।

 

१९० रनको लक्ष्य पछ्याएको हैदरावादका लागि केन विलियम्सनले ६७ रन बनाए। अब्दुल सामदले ३३, मनिष पाण्डेयले २१, प्रियाम गार्गले १७ तथा होल्डर र रशिद खानले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

 

दिल्लीका स्टोइनिसले तीन ओभरमा २६ रन दिएर तीन विकेट लिए। कागिसो राबडाले चार ओभरमा २९ रन दिएर चार विकेट लिए। अक्सर पटेलको नाममा एक विकेट लियो।

 

दिल्लीले अब फाइनल प्रवेशका लागि मुम्बई इन्डियन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ। मुम्बईले यसअघि पहिलो क्वालिफायरमा दिल्लीलाई नै हराउँदै फाइनलमा स्थान बनाएको हो।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology