काठमाडौं : त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज टस हारेर ब्याटिंङ् गरेको नेपालले हार्ड हिटर दिपेन्द्रसिंह ऐरीको शतकीय पालिमा मलेसियालाई २२४ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२३ रन जोडेको हो।
नेपालका लागि ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरी ५७ बलको सामना गर्दै ११० रन जोडे यस्तै रोहित पौडेलले ३४ बलको सामना गर्दै ५१ रन जोडे। त्यस्तै कुशल भुर्तेल १२ रन, आशिफ शेख १८ रन र मोहम्मद आदिल अलामले १४ रन जोडे।
नेपाल यसअघि नै फाइनलमा प्रवेश गरेको छ। आजको खेल मलेसियाले जिते मलेसिया फाइनल प्रवेश गर्नेछ भने नेपालसँग पराजित भए रनरेटको आधारमा पपुवा न्युगिनी फाइनल प्रवेश गर्नेछ।
प्रकाशित : २०७८ चैत १९ गते १४:११
Facebook Comment