दिपक र उमाको प्रेम बन्यो झझल्को आँखैमा

NAWALPUR TIMES

दिपक र उमाको प्रेम बन्यो झझल्को आँखैमा
FB IMG 1601561641672

नारायण प्रभु
असोज- १५ नवलपुर
कोरोनाको पिडामा रहेको नेपाली साङ्गितक बजार पनि पछिल्लो समयमा भने जुरमुराउनु थालेको छ। अहिले नेपाली लोकगितहरु बजारमा धमाधम आउन थालेसँगै नवलपुरका कलाकारले पनि झझल्को आँखैमा लोकदोहोरी सर्बजनिक गरेका छन।
चर्चित गायिका उमादेबी खनाल र प्रकाश के.सी.को आवाजमा रहेको झझल्को आँखैमा उमादेबी खनालको आधिकारिक युट्युब च्यानल बाट सार्बजनिक गरिएको हो।गितमा गायक प्रकाश के.सी.ले लय तथा शब्द संकलन गरेका छन।                                           https://youtu.be/Mx-uaVIgLIM
डिटिएम मिडियाले निर्माण गरेको भिडियोमा गायिका उमादेबीलाई नवलपुरमा नै रहेर मोडलिङ क्षेत्रमा उदाउदै गरेका मोडलद्वय दिपक काफ्ले र सन्जय देवकोटाले अभिनयमा साथ दिएका छन।म्युजिक भिडियोलाई सतिस राइले निर्देशन गरेका हुन।
पहिलेका गितहरुलाई जस्तै यो गितलाई पनि दर्शक श्रोताले माया गरिदिनु हुन्छ भन्नेमा आफू विश्वस्त रहेको गायिका खनालले बताएकी छन।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology