NAWALPUR TIMES प्रकाशित : २०७७ कार्तिक ६ गते १९:४३
IMG 20201022 194133
नारायण शर्मा/नवलपरासी — पूर्वपश्चिम राजमार्गको नवलपरासी खण्डमा दिनदिनै गैंडा निस्कन थालेका छन् । बिहीबार कावासोतीमा बाटामै गैंडा आइपुगेको छ । चितवन निकुञ्जबाट ६ किलोमिटर उत्तर राजमार्गमा एक सातायता दिनहुँ गैंडा डुल्न थालेपछि दुर्घटनाको जोखिम बढेको छ । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट २ किलोमिटर पूर्वतर्फ राजमार्गमा गैंडा हिँडेपछि हेर्ने र फोटो खिच्नेको भीड लागेको थियो ।राजमार्ग किनारमा चर्ने गैंडा राजमार्ग वारपार गर्दा यात्रुले रमाइलो मान्ने गरेको स्थानीय सूर्य गुरुङले बताए । डिभिजन वन कार्यालयका सहायक अधिकृत शरद अधिकारीले गैंडालाई बस्तीतर्फ आउन नदिन धपाउन थालिएको बताए ।
Facebook Comment