दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट लडेर एक जना गम्भीर घाइते

NAWALPUR TIMES

दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट लडेर एक जना गम्भीर घाइते
IMG 20201219 211127

दाङ, ४ पुष । दाङमा टिक–टक बनाउने क्रममा झोलुङ्गे पुलबाट लडेर एक जना गम्भीर घाइते भएका छन् ।

शनिबार (आज) दिउँसो सवा दुई बजेतिर बबई गाउँपालिका–५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झोलुङ्ग पुलमा टिक–टक बनाउने क्रममा लडेर तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा गम्भीर घाइते भएका हुन् ।

 

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गम्भीर घाइते थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकलमा रेफर गरिएको छ । उनको अवस्था अझैं पनि गम्भीर रहेको बताइएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology