दसैंको दिन देशैभर पानी पर्ने

NAWALPUR TIMES

दसैंको दिन देशैभर पानी पर्ने

नवलपुर । यस वर्षको दसैँ ‘हिले’ हुने अनुमान गरिएको छ। पछिल्ला दिनमा मनसुन निस्क्रिय बन्दै गएपछि  बाहिरिने अपेक्षा गरिएको थियो। तर, बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण दसैंमा वर्षा हुने सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार न्यून चापीय रेखा उत्तर पश्च्मितर्फ सरिरहेकोले दसैँको दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भीषण वर्षाको सम्भावना छ।

महाशाखाले शुक्रबार ‘दसैंका लागि विशेष मनसुन बुलेटिन’ जारी गर्दै १८ असोज अर्थात् नवमीबाट नेपालमा पनि न्यून चापीय क्षेत्रको प्रभावका कारण वर्षा सक्रिय हुने सम्भावना देखिएको जनाएको हो।

नवमीमा प्रदेश १, मधेश, बागमती र गण्डकीका केही भाग र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विजया दशमीका दिन पनि देशका धेरै स्थानमा देखिमध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। विजया दशमीमा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थान भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।

एकादशीमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology