दसैँमा नयाँ नोट सटही नगर्ने राष्ट्र बैंकको निर्णय

NAWALPUR TIMES

दसैँमा नयाँ नोट सटही नगर्ने राष्ट्र बैंकको निर्णय
Nepal Rastra Bank scaled

नेपाल राष्ट्र बैंकले याे वर्षको दसैँमा नोट सटही नगर्ने निर्णय गरेकाे छ  । बैंकले आज कोरोना भाइरसको जोखिमका कारण विगतदेखि वितरण गरिने दसैँ लक्षित नयाँ नोट सटही नगर्ने निर्णय गरेकाे हाे ।

तीव्र रूपमा कोरोना संक्रमण बढेको र नोट वितरण गर्दा बैंकहरूमा भीडभाड हुने हुँदा नयाँ नोट सटही नगर्ने निर्णय गरिएको राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

कोरोनाको कारण यस वर्ष नयाँ नोट नसाट्ने निर्णय राष्ट्र बैंकले लिए पनि सफा नोट नीति अन्तर्गत नयाँ नोट वितरणमा कमी गरिएको थियो ।

२०७५ को दसैँमा राष्ट्र बैंकले प्रतिव्यक्ति २७ हजार नयाँ नोट सटहीको सुविधा दिएको थिय‍ाे । गत वर्ष भने बैंकले साढे १८ हजारको मात्रै सुविधा दिएको थियोे ।

थप अन्तर्वार्ता

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology